Kritipur
त्रिभुवन विश्वविद्यालयको केन्द्रीय क्याम्पसका रुपमा रहेको यस विश्वविद्यालय क्याम्पसमा मिति २०८१ चैत्र १८ गते प्रत्यक्ष तर्फको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन सम्पन्न भए पश्चात मिति २०८१ चैत्र २७ गते समानुपातिक तर्फको सिट बाँडफाँड तथा उपसभापति र सहायक सचिव समेत चयन गरी कार्यसमितिले पूर्णता पाएको र उक्त कार्यसमितिको सपथ ग्रहण तथा प्रमाण पत्र वितरण २०८२ वैशाख ५ गते आयोजित एक समारोहका विच सम्पन्न भएको हो । उक्त समारोहमा स्ववियु निर्वाचनमा महत्वपूर्ण योगदान पुर्याए वापत तीन वटै सुरक्षा निकायलाई कदर पत्र समेत प्रदान गरिएको थियो। यसै गरी निवर्तमान स्वतन्त्र विद्यार्थी युनियनका पदाधिकारी तथा सदस्यहरुलाई सफलतापुर्वक कार्यकाल पुरा गरेकोमा बधाई सहित धन्यवाद पत्र प्रदान गरिएको थियो। उक्त कार्यक्रम स्ववियु निर्वाचन समिति २०८१ का निर्वाचन अधिकृत प्रा.डा. कृष्ण प्रसाद न्यौपानेको अध्यक्षता र उपकुलपति प्रा.डा. खड्ग के.सि. को प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा विश्वविद्यालय क्याम्पसको प्रोक्टर डा. राजेन्द्र प्रसाद कोइरालाले स्वागत मन्तव्य राख्नु भएको थियो । उपकुलपति प्रा.डा. खड्ग के.सीले विश्वविद्यालय क्याम्पसलाई प्राज्ञिक उत्कृष्टताको केन्द्र निर्माण गर्न सबै पक्षको उतिकै भुमिका हुने विचार व्यक्त गर्दै नवनिर्वाचित स्ववियु कार्यसमितिलाईन त्यस तर्फ संगठित रुपमा लाग्न सुझाव दिँदै सफल कार्यकालको शुभकामना सहित बधाई ज्ञापन गर्नुभएको थियो। त्यसै गरी त्रि.वि.का रजिष्ट्रार प्रा.डा. केदार प्रसाद रिजालले शुभकामना मन्तव्य राख्नु भएको थियो यसै गरी निवर्तमान स्ववियु अध्यक्ष श्यामराज ओझा र सचिव सिद्धान्त भट्टले आफ्नो कार्यकालमा भएका गतिविधिको संक्षिप्त विवरण प्रस्तुत गर्दै नयाँ कार्यसमितिले निवर्तमान स्ववियु कार्यसमितिले अगाडी सारेका राम्रा कार्यको निरन्तरता दिने विश्वास व्यक्त गर्नु भएको थियो। नवनिर्वाचित स्ववियु अध्यक्ष दिपक राज जोशीले आफूले विश्वविद्यालय र विद्यार्थी हकहितलाई केन्द्रमा राखेर इमान्दारीता पुर्वक सबैको साथ सहयोग लिएर अगाडी बढ्ने विचार व्यक्त गर्नु भएको थियो। भने विश्वविद्यालय क्याम्पसका प्रिन्सिपल प्रा.डा. अक्कलदेव मिश्रले मन्तव्य सहित धन्यवाद ज्ञापन गर्नु भएको थियो।












