Kritipur
त्रिभुवन विश्वविद्यालयको केन्द्रीय क्याम्पसका रुपमा रहेको यस विश्वविद्यालय क्याम्पसमा मिति २०८१ चैत्र १८ गते स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन, सम्पन्न भएको छ। उक्त निर्वाचनका लागि दर्ता भएका जम्मा २२ वटा संघ/संगठन/समूह मध्ये प्रत्यक्ष तर्फ ११ वटा संघ/संगठन/समूहले निर्वाचनमा भाग लिएका थिए। यसै गरी स्वतन्त्र रुपमा अध्यक्ष पदमा ३ जनाको उम्मेदवारी परेको थियो भने सचिव पदमा ४ जनाको स्वतन्त्र उम्मेदवारी परेको थियो। उक्त निर्वाचन सम्पन्न गर्न विश्वविद्यालय क्याम्पस, प्रिन्सिपलको कार्यालयले नेपाली केन्द्रीय विभागका विभागीय प्रमुख प्रा.डा. कृष्णप्रसाद न्यौपानेलाई निर्वाचन अधिकृतको जिम्मेवारी दिएको थियो भने उहाँको नेतृत्वमा ११ सदस्यीय निर्वाचन समिति गठन गरिएको थियो। उक्त निर्वाचन २०८१ चैत्र ५ गते हुने गरी मिति तोकिएको भएता पनि प्रिन्सिपल कार्यालयमा भएको तालाबन्दी तथा उच्च अदालत पाटनमा परेको रिट निवेदनका कारण उक्त मितिमा निर्वाचन सम्भव हुन नसकेको हो। तर मिति २०८१ चैत्र १५ गते उच्च अदालत पाटनबाट रिट निवेदन माथि सुनुवाई पश्चात ने.वि.संघको आधिकारिकता टुंग्याइदिएपछि निर्वाचनको वातावरण तयार भई चैत्र १८ गते स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न भएको हो।
मतपरिणाम


