University Campus, Office of the Principal

Kritipur

विश्वविद्यालय क्याम्पसमा प्रिन्सिपल नियुक्त तथा निवर्तमान प्रिन्सिपलको विदाइ

विश्वविद्यालय क्याम्पसमा प्रिन्सिपल नियुक्त तथा निवर्तमान प्रिन्सिपलको विदाइ

2025-04-16

त्रिभुवन विश्वविद्यालयको केन्द्रीय क्याम्पसका रुपमा रहेको विश्वविद्यालय क्याम्पस त्रि.वि.कीर्तिपुरमा मिति 2081 माघ 20 गते देखि रिक्त हुने प्रिन्सिपल पदमा त्रि.वि. का उपकुलपति प्रा.डा. केशरजंग बराल द्वारा रसायनशास्त्र केन्द्रीय विभागका प्रा.डा. अक्कल देव मिश्रलाई सोहि मिति देखि लागू हुने गरी नियुक्त गर्नु भएको थियो। प्रा.डा. मिश्रको पदभार ग्रहण कार्यक्रममा विश्विवद्यालय क्याम्पस अन्तर्गत रहेका केन्द्रीय विभाग, विभाग र प्रिन्सिपल कार्यालयका प्राध्यापक तथा कर्मचारीहरुले भव्य स्वागत गर्नु भएको थियो। त्यसै गरी निवर्तमान प्रिन्सिपल प्रा.डा. ध्यानेन्द्र बहादुर राईलाई सफलतापूर्वक कार्यकाल पुरा गर्नुभएकोमा बधाई ज्ञापन गर्दै भगवान बुद्धको मुर्ति उपहार सहित भव्यरुपमा विदाई गरिएको थियो।