University Campus, Office of the Principal

Kritipur

प्रोक्टर स्वागत तथा विदाई कार्यक्रम

प्रोक्टर स्वागत तथा विदाई कार्यक्रम

2025-07-23

त्रिभुवन विश्वविद्यालयको केन्द्रीय क्याम्पसका रुपमा रहेको विश्वविद्यालय क्याम्पस त्रि.वि.कीर्तिपुरमा  रिक्त रहेको प्रोक्टर पदमा त्रि.वि. का उपकुलपति प्रा.डा. दिपक अर्यालद्बारा शिक्षाशास्‍त्र  केन्द्रीय विभागका डा. गणेश प्रसाद अधिकारीलाई   मिति 2082/04/07  देखि लागू हुने गरी नियुक्त गर्नु भएको थियो। डा. अधिकारीको पदभार ग्रहण कार्यक्रममा विश्विवद्यालय क्याम्पस अन्तर्गत रहेका केन्द्रीय विभाग, विभाग र प्रिन्सिपल कार्यालयका प्राध्यापक तथा कर्मचारीहरुले भव्य स्वागत गर्नु भएको थियो। त्यसै गरी निवर्तमान प्रोक्टर डा. राजेन्द्र प्रसाद कोइरालाई सफलतापूर्वक कार्यकाल पुरा गर्नुभएकोमा बधाई ज्ञापन गर्दै भगवान बुद्धको मुर्ति उपहार सहित भव्यरुपमा विदाई गरिएको थियो।